साहीत्य श्रिजना


  • समय वित्न पनि के बेर लाग्दोरहेछ र ? हिजोजस्तै लाग्छ त्यो क्षण, जतिबेला मुलुक संकटकालको कालरात्रीमा थियो । पत्रकारितामा प्रवेश गरेको बल्लतल्ल तीन वर्ष पुग्दै थियो । द्वन्द्वग्रस्त क्षेत्र रुकुमको संवाददाताको जिम्मा पाएपनि नेपाल समाचारपत्रमा फ्रन्टपेजमा समाचार छाप्ने मेरो सौख अझै पूरा भएको थिएन । त्यो सौख पूरा म कुनै ‘स्कूप’ को पर्खाइमा थिए । २०६० पुस २३ गतेको कुरा हो, एउटा पत्र आयो मेरो हातमा । पत्रकारिता र अध्ययनको सिलसिलामा म सदरमुकाम खलंगाको काँडेतारभित्र थिएँ तर पत्र आयो काँडेतारबाहिरबाट ।
    नेपाली जनजीब्रोको ‘आन’ र ‘आहान’ शब्द नै नेपाली भाषाको उखान हो । यसलाई संस्कृतमा लोकोक्ति, लोक सुभाषित, लोक प्रवाह, लौकिकी आदि नामबाट चिनिन्छ भने हिन्दीमा कहावत, उपखान, लोकोक्ति अनि उर्दूमाजबुल मिस्म, राजस्थानीमा ओखाणी, गुजरातीमा कहेवत, बगालमा प्रवाह एवम् मराठीमा 



      


       = धन कमाउने अबिलासा बोकि आयप्रदेश हिडी।
         दिनभरि काम गरेनि आर्इलाउछ फुर्ति।।
         घरफ्रर्किने शाहुतिर्ने अनेक सपना बोकी
         ज्याला लिर्इ गयो तामिल रूदैबसे फेरी।
         बाल बच्चाको रोलामन बाँ आयना भनी।
         मनशान्त पार्नु प्यारी नाँनाचाचाँ ल्याउछ भनी।
         नरूनुहै प्यारी तिमी माआउने बाटो हेरी हेरी ।।
गरीबको कर्मायस्तै केही छैना साथ्मा ।
हात भरी ठेलाउठे दामछैना हात्मा, ।
मैनैबीताइ बस्नुप्रर्छ मलामेझै घाटमा ।
गरीबको कर्मायस्तै सधैदुख्छ आत्मा ।।
कमार्इ धन छैना प्यारी प्रदेश्को माटोमा ।
रोपे सुन फल्छप्यारी खेतबारी माझमा ।
पत्रलेखी  दीय सानु धनपैसाको ठाउँमा ।।।
                                            हुर्मत डि.सी.
                       डाँडागाउँ 1 हरले. हालः क्वालालम्पुर मलेसीया।
·        
·         ओली प्रेम
o    मन्त्रलायाका स्यालहरु भुक्ने कहिले सम्म
जनताले दिनदिनै थुक्ने कहिले सम्म
पालो पनि पर्खी रहन्छौ कहिले आउला भनी
स्वार्थी पद र घुम्ने कुर्शी ढुक्ने कहिले सम्म
सिंगापूर स्वैजरलेण्ड ,हंकन, बनायौ नी सपनीम
सुतीसुती सपनामै लुक्ने कहिले सम्म
जल श्रोतको धनि हामी तिर्खायर छट-प टि यौ
प्यास मेटौने धाराहरू सुक्ने कहिले सम्म
आफ्नो अस्तित्त्व हरायर विस्तारदमा भर पर्छौ
रा स्ट्रेयता लाई ढा टी ढा टी झुक्ने कहिले सम्म
बिकास निकास कता गयो घर घर फुकेकियको
जनाताहरू भोक भोकै , धोक्छौ कहिले सम्म
फेरी पनि समाउनै पर्ने हो की बम ,गोला
यसरी नै अन्यायमा चुकने कहिले सम्म
मन्त्रलायाका स्यालहरु भुक्ने कहिले सम्म.
जनताले दिनदिनै थुक्ने कहिले सम्म
                           प्रेम लि हाल दोहा कतार


 
आजको श्रृंखलामा मलाई गजलको सिद्धान्त,शब्द र सन्दर्भको आधारमा वाचन गर्दा सबैभन्दा मन छोएको गजल :
पठाको'छु रहस्यका शब्दहरु कोरी आमा
पर्दा भित्र लुकेको वास्तविकता चोरी आमा
मुग्लानको रंगभेदी अतिवादी समाजमा
भिक्टभाषी कोही छैन खोज्छन् सबै जोरी आमा
सुनौला र सरल दिन बिताउँछु सोचेथें
तर आज जीवित छु ढुंगा गिटी फोरी आमा
संगै आउने साथीको नि छैन सानो घाउ त
उनी पनि बाँचेका छन् शौचालय सोरी आमा
प्रचण्ड गर्मी महिना त्यही माथि ताता गाली
भएकोछु लास सरी ज्यूँदै यहाँ मोरी आमा
सानै छाडी प्रदेश आएँ जिज्ञासाले पोल्दैछ
बिसर्िएकी सम्झन्छन् मलाई छोराछोरी आमा मंसीर लाग्यो घरमा हुर्किएकी बहिनी छ
कुरा छिन्नु पठाइदिन्छु टिका धागो डोरी आमा
ठूलो खँडेरीले गर्दा भोकमरी छायो सुन्छु
सकियो कि अन्नहरु मकै कोदो तोरी आमा
पश्चातापको भूमरीमा रुमिलंदै छु यहाँ
मेरो पीर नलिएर खानु पेट भोरी आमा
आजको श्रृंखलामा मलाई गजलको सिद्धान्त,शब्द र सन्दर्भको आधारमा वाचन गर्दा सबैभन्दा मन छोएको गजल :
विज्ञानले खोजेको बारुदको खानीदेखि घृणा लाग्छ
आधुनिक विकासले पुर्याएको हानीदेखि घृणा लाग्छ
सानो बच्चा पनि खेलौना खेल्छन् बन्दुक लिएर
बाटोमा िहंडेका साना ती नानीदेखि घृणा लाग्छ
मकै भुट्नु र मान्छे चुट्नु बाँकी भएन संसारमा
सधैं पड्किरहेको सुनिरहने बानीदेखि घृणा लाग्छ
को आफ्नो को पराइ विश्वास छैन आजभोिल
पवित्र आत्माले दिएको पानीदेखि घृणा लाग्छ
राम्रो वाणी असल व्यवहार छैन समानता कतै यहाँ
देखावटी परिवेशमा बनेको ज्ञानीदेखि घृणा लाग्छ
हिमालयको देशमा आज मरभूमीको राप भेँटे आलो रक्तले पोतिएको अमिट छाप भेँटे !!
सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !!
पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !!
स्तब्द छन पाइलाहरु, कूँजा सेवक हातहरु
किन बन्दथयो राष्ट्र जब? अगूवानै औँठछाप भेँटे !!
आखिर ईश्वर कसले देख्यो र ? न कसैले आजसम्म ईश्वरसंग कुरा गरेको छ । तर ईश्वरको अस्तित्व छ भन्ने आस्थामा हामी श्रद्धा गर्छौं । आस्थाले नै ईश्वरको स्वरुप बनाउँछ । हामीले फोटोमा देखिरहेको हुनाले शिवको स्वरुप त्यो होला भन्ने अवधारणा बनाएका हौं । गणेशको लामो सुँड हुन्छ भनेकै भरमा गणेशका फोटा भनेर बजारमा भेटिएका हुन् । के गणेशको स्वरुप त्यस्तै होला र ? रामायण श्रृंखलामा रामानन्द सागरको निर्देशनमा रामसीताको भूमिका निर्वाह गरेका अरुण गोविल र दीपिका आज साक्षात् राम सीताका स्वरुप भएर अधिकाँश घरका पूजाकोठाहरुमा सजिएका छन् । के ती आस्थाका ईश्वर हैनन् र ? तपाईं पनि मेरो पाँच इन्द्रियको एउटा अनुमानित स्वरुपमा हुनुहुन्छ र मैंले आस्था राखें तपाईंप्रति । तपाईं मलाई सुन्नु हुँदैछ भन्ने आस्थामा न यति कुरा बोलिरहेको छु म । नत्र यो सुनसान कोठामा एक्लै किन बोलिरहन्थें ? हावासंग बोल्नुको कुनै तुक छैन । व्यक्तिसंग बोल्दैछु म र त्यो व्यक्ति तपाईं हो । तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ । यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती १११२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् । (अच्युत घिमिरे)

कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो । एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।
साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।
सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए । (अच्युत घिमिरे
हाम्रा पिता पूर्खालाई धन्यवाद जसले हामीलाई यो युगमा जन्म दिए । जहाँ २ कोश परका मान्छेलाई दमाहा ठोकेर ध्यानाकर्षण गरी अंजुलीले मुख ढाकेर चर्को आवाजमा बोलाइएको कट्वाल पनि सुनियो अनि उज्यालाको स्टुडियोमा बोलेको बुलबुलको बोली अहिले जस्ताको तस्तै अमेरिकाको भर्जिनिया वा कतारको दोहा, वा थाइल्याण्डको बंैकक वा अफ्रिकाको नाइजेरियामा एकैसाथ सुनिरहिएको छ । यदि भाग्य छ र हामी भाग्यमा विश्वास गर्छौं भने गर्वका साथ हामीले भन्नुपर्छ हामी भाग्यमानी हौं । विश्वलाई साँघुरो गाउँ बनाएका छौं प्रविधिकै माध्यमले । यो स्टुडियो भित्र यति मसिनो गरी बोलेको आवाज पृथ्वीभरि उत्रै स्वरमा तरंगित हुनु वास्तवमै आश्चर्य पनि हो । यसको ज्वलन्त उदाहरण आज मैंले बुलबुल मार्फत विदेश बस्नेले हाम्रै पाखा पखेरामा वा शहर शेहरामा बसेका आफन्तहरुमा पठाएका सन्देशहरु लिएर आएको छु । जो यो आवाज संगसंगै एकैसाथ प्रेषक वा प्रापक सम्म जानेछ । बुलबुल त मात्र माध्यम हो । विचार तपाईंको हो, प्रापक पनि तपाईं आफैं हो । बुलबुलले एक मान्छेसंग अर्को मान्छेलाई मित्रको माध्यममा जोडेको, प्रेमी प्रेमीकाको माध्यममा जोडेको, पराया ठाउँमा परिचयको माध्यम बनेको सैयौं उदाहरण मै संग साक्षी छन् । साधुवाद सबैप्रति, यो प्रीति युग युग सम्म बाँचिरहोस् । (अच्युत घिमिरे)
यसपाली बाबालाई टोपी किन्न आँउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
दुइ चार पैसा बोकिकन रिन छिन्न आउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु । (यम बुढा मगर, दुबई)
स्कूले जीवन पार गरेको आज १२ वर्ष बितेछ । यो बीचमा कैयौं नयाँ दुनियाँ देखियो, कैयौं उकाली ओराली फेरि गरियो । खै कुन सुख हो कुन दुख आज हिसाब लगाउन गाह्रो भइरहेछ । चक्र झैं घुमी घुमी जीवन चल्यो । आज दुई विषयमा मास्टर डिग्री सकिएको छ । अब तिनै मेरा स्कूले शिक्षक जस्तै आदर्श म रटाइरहेछु मेरा क्याम्पसका छात्र छात्रालाई । उसैगरी, उही शैलीले । आफ्नो जीवनमा निराशाका पक्षहरु बढी भेटेपछि एउटा गन्तव्य भुलेको यात्री जस्तो एक्लो पाउँछु आफूलाई । मेरा प्रत्येक विचारहरु यो समाजको मापदण्ड भन्दा बाहिर छ । हरेकका सोचाइ हरेकसंग कहाँ मिल्छ र ? गलत भनेको प्रत्येक कुरा कहाँ सधैं गलत रहन्छ र ? Everything is not always wrong, even a stop watch can give right time twice a day कुनैपनि कुरा सधैं गलत हुँदैन । एउटा रोकिएको घडी स्टप वाचले पनि दिनको दुई पटक सही समय दिन्छ ।
सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई गजालुल कल्वअर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।(अच्युत घिमिरे
गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाकभारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो । (अच्युत घिमिरे)
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया..!!
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया
तिमी फुल्थयौ बगैचामा म फुल्दथे भिर पाखामा
हाम्रा कथा बंग्रयाएर कसले आज लेख्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया (श्रेष्ठ पिया पथ्थर

गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु
पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु
सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु
बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु
निष्प्रभ सजी
स्कूले जीवन पार गरेको आज १२ वर्ष बितेछ । यो बीचमा कैयौं नयाँ दुनियाँ देखियो, कैयौं उकाली ओराली फेरि गरियो । खै कुन सुख हो कुन दुख आज हिसाब लगाउन गाह्रो भइरहेछ । चक्र झैं घुमी घुमी जीवन चल्यो । आज दुई विषयमा मास्टर डिग्री सकिएको छ । अब तिनै मेरा स्कूले शिक्षक जस्तै आदर्श म रटाइरहेछु मेरा क्याम्पसका छात्र छात्रालाई । उसैगरी, उही शैलीले । आफ्नो जीवनमा निराशाका पक्षहरु बढी भेटेपछि एउटा गन्तव्य भुलेको यात्री जस्तो एक्लो पाउँछु आफूलाई । मेरा प्रत्येक विचारहरु यो समाजको मापदण्ड भन्दा बाहिर छ । हरेकका सोचाइ हरेकसंग कहाँ मिल्छ र ? गलत भनेको प्रत्येक कुरा कहाँ सधैं गलत रहन्छ र ? Everything is not always wrong, even a stop watch can give right time twice a day कुनैपनि कुरा सधैं गलत हुँदैन । एउटा रोकिएको घडी स्टप वाचले पनि दिनको दुई पटक सही समय दिन्छ ।
सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई गजालुल कल्वअर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।(अच्युत घिमिरे)
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा ।एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गछौ |(अच्युत घिमिरे
आउनु महिना दिन को बिदा मागेर प्रिया
आउनु महिना दिन को बिदा मागेर प्रिया
लेउनु दशै तिहार सँगइ डाकेर प्रिया...
...................
 टिकाराम कुँवर


            अामा
प्रवास बाट घरकेा चिठी लेख्न मन त लाछ अामा ।
जन्म थलेा सल्यान जिल्ला देख्न मन त लाछ अामा ।।